Saturday, June 14, 2008

माओवादी र अन्य दल बीचको गतिरोध जारी |  माओवादी सेनाको समायोजन र हतियार व्यवस्थापन असहमतिको एउटा विषय हो | www.bbcnepali.com writes on the latest Nepalis Political Issues, find details @ http://www.bbc.co.uk/nepali/news/story/2008/06/080613_political_deadlock.shtml
 
नेपालमा भावी सरकार, शक्तिको बाँडफाँड र शान्ति प्रक्रिया अघि बढाउने विषयमा सत्ताधारी गठबन्धनका प्रमुख दलहरु शुक्रबार पनि सहमत हुन सकेनन्।
 
सहमतिको खाका कोर्न बनाइएको एउटा तीनदलीय कार्यदलका सदस्यहरुले गम्भिर मतभेदहरुको हल गर्न शिर्षस्थ नेताहरु बीच थप संवाद हुनु पर्ने संकेत गरेका छन्।
 
भावी राष्ट्रपति र उपराष्ट्रपतिदेखि कब्जा गरिएका सम्पत्ति फिर्ता र माओवादी लडाकु र हतियार ब्यवस्थापनसम्मका विषयहरुमा मतभेदहरु जारी रहेका छन्।
 
भावी सरकार र शान्ति प्रक्रियाको मार्गचित्रको खाका तयार गर्ने जिम्मा पाएको तीनदलीय कार्यदलका सदस्यहरु शुक्रबार पनि अन्यौलमैं थिए।
 
मतभेद
 
नेकपा एमालेकातर्फबाट कार्यदलमा सहभागी नेता भीम रावलका अनुसार कम्तिमा तीन विषयहरुमाथि मतभेद कायमै छन्।
 
उनले भने, "सेना समायोजन देखि सम्पत्ती फिर्ता र संवैधानिक परिषदमा प्रधानमन्त्रीले नियुक्त गर्ने विधिसम्मका विषयमा सहमति जुट्न सकेको छैन।"
 
कार्यदलमा नेपाली कांग्रेसका सदस्य प्रकाशशरण महतले माओवादीका तर्फबाट पूर्व लडाकुहरु एकैपटक समूहगत रुपमा सरकारको सुरक्षा अंग बन्नु पर्ने नयाँ माग शान्ति सम्झौता विपरित भएको बताए।
 
उनले भने, "उहाँहरु सबै एकैपटक राज्यको सुरक्षा अंग बढाउने कुरा गर्नु हुन्छ। शान्ति सम्झौता अनुसार योग्यता र दक्षताको कुरा खोइ?"
 
सम्पत्ति
 
माओवादीले कब्जा गरेका भनिएका जमिन र सम्पत्ती फिर्ता गराउने विषयमा पनि असहमति कायमै छ।
 
माओवादीका तर्फबाट कार्यदलका सदस्य खिमलाल देवकोटाले, उनकै शब्दमा, क्रान्तिकारी भुमिसुधार पछि मात्र हल निस्कने जिकिर गरे।
 
उनले भने,"मोही र सुकुम्बासीहरुबीचको सम्बन्ध अथवा क्रान्तिकारी भूमीसुधारको प्रारुप तयार नगरि त्यो सम्पत्तिहरु फिर्ता गराउनु ठिक होइन भन्ने हामीलाई लाग्छ।"
 
यस्तै असहमतिका बीच सहमति खोज्न कार्यदललाई मुस्किल परेपछि अब कार्यदलका सदस्यहरु सप्ताहअन्तमा भएपनि ठूला नेताहरुसंगै बसेर समस्याको हल खोज्ने बताउँछन्।
 
काठमाण्डूस्थित बीबीसीका एकजना संवाददाता भन्छन्, "आगामी साता संविधानसभाको अर्को बैठक अघि नैं नयाँ सहमति जुट्ने बताइए पनि त्यो कार्य कम चुनौतीपूर्ण छैन।"

0 comment(s):

Subscribe to Ekendra's feed